काठमाडौं,असार २८: स्थापना कालदेखि हिन्दु राष्ट्र र संम्वैधानीक राज संस्थाको नारालाई अगाडी सार्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बिहिबार यूवा नेता मोहन श्रेष्ठलाई प्रचार विभागको प्रमुखमा नियुक्त गरेको छ ।
पार्टी भित्र र संचारकर्मी बीच अत्यन्तै लोकप्रिय नेताको छवि बनाउन सफल श्रेष्ठलाई राप्रपाका अध्यक्ष कमल थापाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।