राप्ती नदीको किनारमा मृत गैँडा फेला

| 2020 Aug 11 | 05:26 pm 2211

चितवन, साउन २७ः मंगलबार एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । राप्ती नदीले बगाएर लगेको अवस्थामा निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजीक नदीमा आज फेला परेको हो ।

करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटले जानकारी दिए ।

राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले बताए । उनका अनुसार नदीमा रहेको गैँडालाई बाहिर ल्याएर परीक्षण गर्ने तयारी गरिएको जनाइएको छ ।

यसैगरी २०७४ सालमा आएको बाढीका कारण बगाएका १३ वटा गैँडा उद्धार गरिएको थियो । केही दिन अघि मात्र भारत पुगेको एक गैँडा नेपाल आएको मौका पारेर उद्धार गरिएको छ । त्यतिबेला राप्ती र नारायणी नदीको बाढीले वन्यजन्तु बगाएर कतिपय मरेका थिए ।

यस वर्ष बाढीका कारणले गैँडा मरेको यो पहिलो हो । गत आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वनमा प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । यसमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुईवटा वन क्षेत्रमा गैँडा मरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.