राप्ती नदिमा फसेका २६ जनाको सकुशल उद्वार

रिपोर्ट नेपाल | 2023 Jul 26 | 02:39 pm 2085

बाँके, साउन १० । जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको वहाव बढेपछि भंगालोमा फसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्वार सामाग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जनाएका छन्

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.