रातो मच्छिन्द्रनाथको जात्रा स्थगित

रिपोर्ट नेपाल | 2020 Apr 10 | 08:50 am 1395

काठमाडाैं, चैत २८ः ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ ।

शुक्रबारदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको हाे ।

विगतका वर्ष झैं यस रथयात्रालाइ मनाइनथ्याे भने बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो ।

तर, संसारभर फैलिएकाे कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण रथको जग राखेर निर्माण कार्य स्थगित भएको जानकारी दिइएकाे छ  ।

स्थगित भएको उक्त रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको  गुठी संस्थान र ज्यापु समाजले विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

रथको जग हाल्ने विषयमा अघिल्लो दिन (बिहीबार)सम्म रथयात्रा गराउने वा नगराउने विषयमा कुनै निर्णय भइसकेकाे थिएन ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु  गर्ने चलन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.