रातभरको वर्षाले ठाउँठाउँमा बाढी-पहिरो, सडक अवरुद्ध

रिपोर्ट नेपाल | 2018 Jul 12 | 06:48 am 3655

काठमाडौं – रातभरको अविरल वर्षाका कारण पहिरो खसेपछि विभिन्‍न ठाउँमा बाढी-पहिरो गएको छ भने विभिन्‍न सडकखण्ड अवरुद्ध भएका छन्। नारायणगढ मुग्लिन सडकखण्डमा भने अहिलेसम्म कतै पहिरो गएको छैन । काभ्रेको धुलिखेल नगरपालिकामा पहिरो खसेपछि अहिले विपी राजमार्गमा कुनै पनि गाडी नचलेको प्रहरीले जनाएको छ ।

यस्तै काभ्रेको बनेपामा पुल भत्किएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । यसैगरी दोलखाको भिमेश्वर नगरपालिका ७ शाखिनेमा पहिरो खस्दा काठमाण्डू चरिकोट चल्ने गाडी पनि गुडाउन रोक लगाइएको छ । यता मकवानपुरको इन्द्रसरोबर ४ मा पहिरो खसेपछि फाखेल हुँदै हेटौंडाबाट काठमाण्डू निस्कने गाडी पनि चल्न सकेका छैनन् ।

यसैगरी नगरकोट जाने नयाँ बाटोमा पनि पहिरो आएपछि सडक अवरुद्ध भएको छ। यसैबीच लगातार पानी परेपछि बनेपा नगरपालिका १० पुलबजार जलमग्न भएको प्रहरीले जनाएको छ।

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले दुवाकोट, राधेराधे, लिबाली, लगायतका क्षेत्र पनि जलमग्न भएका प्रहरीले जनाएको छ । सल्लाघारीमा रहेको डाक्टर इवामुरा अस्पतालमा पनि बाढीको पानी पसेको छ । त्यहाँ उद्दार कार्य चलिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.