राज्यमन्त्रीले देखाइन् यसरी उदण्ड

रिपोर्ट नेपाल | 2022 Jun 14 | 11:45 am 2421

दाङ, जेठ ३१ः नियम कानुन बनाउने पदमा रहनेले नै कानुनकाे धज्जी उडाउँदै महिलामाथि हातपात गर्छन भने त्याे भन्दा लाजमर्दाे विषय अर्काे हुन सक्दैन । रिसमा वेद पढिदैन भन्ने कहावतलाई एक राज्यमन्त्रीले प्रमाणित गरिदिएकी छन् ।

रिपाेर्ट नेपाललाई प्राप्त समाचार अनुसार यसरी कानुनलाई मुठ्ठीमा लिने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली हुन् । उनले आज बिहानै आफ्ना प्रेमी एकराज बस्नेतको घरमा घुसेर ताण्डव मच्चाएकी छन् । उनले ‘मेरो पोइ खोइ ? ’ भन्दै एकराजकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन् ।

घटना हुँदा एकराज घरमा थिएनन्। एकराजकी पत्नी मिनाले आफन्तलाई खबर गरेपछि आफन्तले प्रहरी बोलाएका थिए । अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे जानकारी प्राप्त भएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.