काठमाडौं, साउन ७ः अभिनेता राजेश हमाललाई पारिवारीक शोक परेको छ । हमालका भाई राकेश हमालको भारतको नयाँदिल्लीमा उपचारको क्रममा निधन भएको हो ।
राकेश अभिनेता राजेश हमालका एक मात्र भाई हुन् । उनलाई कलेजोको समस्याका कारण केहीदिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली लगिएको थियो ।
राजेश र राकेशको परिवार एउटैघरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमै छन् ।
राकेशका श्रीमती र दुई छोराछोरी छन् ।
राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।