राजश्व संकलनमा बृद्धि

रिपोर्ट नेपाल | 2018 Jul 22 | 05:51 pm 4895

विराटनगर,  साउन ६ : कोष तथा लेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु आठ अर्ब ८१ करोड ८५ लाख ४३ हजार ४७ बढी राजश्व संकलन भएको जनाएको छ ।

गत आवमा कूल रु चालीस अर्ब ४१ करोड ६० लाख ८० हजार २०५ संकलन भएकामा अघिल्लो आवमा कूल रु ३१ अर्ब ५९ करोड ७५ लाख ३७ हजार १५८ राजश्व संकलन भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले बताए ।

गत आवमा चालुतर्फ रु १४ अर्ब ४३ करोड ३२ लाख निकासा भएकामा रु १३ अर्ब ६१ करोड ३८ लाख खर्च भई ९४ प्रतिशत लक्ष्य हासिल भएको र पुँजीगततर्फ रु पाँच अर्ब ९५ करोड ४२ लाख निकासा भएकामा रु पाँच अर्ब १३ करोड १६ लाख खर्च भई लक्ष्य ८६ प्रतिशत हासिल गरेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.