राजनीतिक दलबाट गुल्मीदरबार गाउँपालिकाको प्रशंसा

रिपोर्ट नेपाल | 2022 Jan 13 | 09:26 am 1373

  • सन्तोष महतारा

गुल्मी, पुस २९ः गुल्मीका सबै राजनीतिक दलहरुले गुल्मीदरबार गाउँपालिकाको खुलेर प्रशंसा गरेका छन् । देशभरका स्थानीय तहहरुले गरेको ‘स्थानीय तह सस्ंथागत क्षमता स्वमुल्याङ्कन’ मा गुल्मीको गुल्मीदरबार गाउँपालिका ८१ प्रतिशत सहित उत्कृष्ट स्थानीय तह बनेकोमा सबै राजनीतिक दलले खुलेर प्रंशसा गरेका हुन् ।

नेपाली काँग्रेस गुल्मीदरबार गाउँपालिकाका सभापति प्रेम पुनले गुल्मीका स्थानीय तहमा सुशासन र संस्थागत विकास अन्र्तगत गुलमीदरबार गाउँपालिका पहिलो बनेकोमा सबैलाई खुसी लागेको बताए । नेकपा एमालेका गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद खनालले गाउँपालिकामा राजनीतिक झगडा नगरीकन मिलेर काम गर्दा गुल्मीदरबार उत्कृष्ट बनेको भन्दै उत्कृष्ट कार्यसम्पादन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको प्रशंसा गरेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्र गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष सेर बहादुर सर्तुङ्गेले आफुहरु प्रतिपक्षमा रहेपनि सधै सकारत्मक सुझाव दिएर अगाडी बढेकोले गुल्मीदरबार पनि निरन्तर अगाडी बढेको बढाए । साथै राष्ट्रिय जनमोर्चा गुल्मीका सचिव छबिलाल सर्तुङ्गले मिलेर काम गर्नुको फाइदा गुल्मीदरबार गाउँपालिकालाई हेरे पुग्ने भन्दै गाउँपालिकाको प्रशंसा गरेका थिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ को पहिलो चौमासिक समीक्षमा उक्त नतिजा जानकारीमा आएपछि सबै राजनीतिक दलले खुलेर गाउँपालिकाको प्रशंसा गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जनप्रतिनिधिहरुले गरेका निति निर्माणको सही कार्यान्वयनबाट गाउँपालिकाले उत्कष्ट अंक ल्याउन सफल भएकोमा सबै जनप्रतिनिधिहरुलाई धन्यवाद भन्दै बधाई दिएका थिए । सुशासन र संस्थागत क्षमता विकासमा आफुहरु उत्कृष्ट हुनुको श्रेय गाउँपालिकाका स्वर्गीय अध्यक्ष अशोक कुमार थापा र सम्पूर्ण जनप्रतिनिधिलाई जाने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताएका छन् । गाउँपालिकाकी कार्याबाहक अध्यक्ष मीना भण्डारीले आफु खुसी हुदैँ कर्मचारीको निरन्तर खटाइले आफुहरुले सस्ंथागत क्षमता स्वमुल्याङ्कनमा उत्कृष्ट अंक ल्याएको बताइन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ को पहिलो चौमासिकमा गरेका सम्पूर्ण क्रियाकलापहरुको समीक्षा गरेको छ । गाउँपालिकामा सुशासन र संस्थागत विकासको लागि प्रंमुख प्रशासकीय अधिकृत सँग शाखाका प्रमुखले कार्य सम्पादन करार सम्झौता गरेर काम गरिहरहेका छन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरुको मासिक र चौमासिक रुपमा मुल्याङ्कन हुने गरेको, मासिक रुपमा ई–बुलेटिन प्रकाशन हुदै आएको, सहायता कक्षबाट सेवा प्रवाह गरिएको गाउँपालिका र सबै वडामा विद्युतीय हाजिरी जडान गरिएको, अनलाइन प्रणालीबाट राजस्व तिर्ने व्यवस्थाका साथै राजस्व तिरेपछि तिर्ने ब्याक्तिको मोबाइलमा म्यासेज जाने व्यवस्था गरिएको, आन्तारिक आम्दानी बृद्धि गरिएको र उपभोक्तालाई सुविधा दिनको लागि सबै उपभोक्ताहरुलाई योजनाको बारेमा सबै बिवरण उपलब्ध गराइएको लगायतका काम पहिलो चौमासिकमा प्रभावकारी कार्यान्वयन भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

गाउँपालिकाले सबै विद्यालयको कक्षा १ मा ‘हाम्रो गुल्मीदरबार’ नामक पाठ्यपुस्तक उपलब्ध गराइएको, सेवा प्रवाहको सम्बन्धमा मासिक रुपमा कार्यालयका कर्मचारीको बैठक बस्दै आएको, गाउँपालिकाका सबै माध्यमिक बिद्यालयमा शौचालय, सेनेटरी प्याड र स्वच्छ खानेपानीको व्यवस्थाका लागि कूल ८० लाख रुपैयाँबाट काम चलिरहेको र १ करोड ५० लाखको काम टेण्डर प्रक्रियाबाट अगाडी बढेको, गाउँपालिकामा संचालित कार्यक्रम प्रभावकारी रुपमा अनुगमन गरिएको, बजार अनुगमन तिव्र रुपमा गरिएको, प्रगति समीक्षा निरन्तर भइरहेको, सडक विस्तारलाई कम प्राथामिकता दिई सडकको स्तरोन्नतीको काम तिव्रं रुपमा भइरहेको र गाउँपालिकाबाट विपत्मा परेका ९५ जनालाई राहात उपलब्ध गराइएको छ ।

गाउँपालिकाले जिल्लामा पहिलोपटक १५ शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । कोरोनाको संक्रमणबाट बँच्नको लागि प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने नेपाल सरकारको कार्यक्रम अन्तर्गत पहिलोपटक गुल्मीदरबारमा निर्माण सम्पन्न हुन थालेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाले कृषि र पशुपालनमा आफु पछाडी परेको भन्दै हेफर प्रोजेक्ट नेपालसँग सहकार्य गरेर कृषि र पशु सम्बन्धिको कार्यक्रमका लागि कर्मचारी भर्ना समेत गरिसकेको छ । गाउँपालिकाले पहिलो चौमासिकमा ४ वटा योजानाको सम्झौता र २ वटा योजनाको भुक्तानी समेत गरिसकेको समीक्षामा जानकारी गराइएको थियो । गाउँपालिकाले आफुलाई जनताको पहुँचसम्म पुराउनका लागि गाउँपालिकासँग लक्षित वर्गलाई छुट्टाएर कार्यक्रम चलाइरहेको छ । समीक्षा कार्यक्रममा विभिन्न बिषयगत शाखाका प्रमुखहरु र वडाका सचिवहरुले आफुहरुले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.