राजनीतिकका कारणले स्वास्थ्य क्षेत्र खस्किँदै गएको मन्त्री यादवको दावी

| 2019 Mar 02 | 04:41 pm 1930

चितवन, फागुन १८ : देशको वर्तमान स्थितिलाई नियाल्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताका छन् ।

चितवनमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भएको बताए । मन्त्री यादवका अनुसार देशका धेरै अस्पताललाई नेताले बिगार्ने काम गरेको र अस्पताल बर्बाद गर्नेहो भने राजनीति गरौँ भनेका थिए ।

स्वास्थ्य एक महत्वपूर्ण सेवा क्षेत्र हो यसलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

मन्त्री यादवले सरकारी अस्पतालबाट अहिले ९० प्रतिशत नेपाली जनताले सेवा लिइरहेकाले गुणस्तर विकासमा सरकार लागेको जानकारी दिए ।

मुलुकको सबै प्रदेशमा विशिष्ट सेवासहितका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकार लागि परेको उल्लेख गर्दै उनले पूरै नेपालमा गुणस्तरसहितको स्वास्थ्य क्षेत्रको पहुँच पु¥याइने जानकारी गराए ।

चितवनको भरतपुरलाई देशकै सबैभन्दा ठूलो मेडिकल हवको रुपमा विकास गर्ने भन्दै मन्त्रीले त्यसका लागि यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बीचमा मित्रता आवश्यक रहेको औँल्याए ।

उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष खेम भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालका समस्याका बारेमा जानकारी गराएका थिए । सरकारी १ सुय ५० श्यया अनुमति पाएको भरतपुर अस्पतालमा हाल ४ सय ५० श्यया विकास समितिले सञ्चालन गर्दै आएको छ । हालै मात्र ५ सय श्ययासहितको केन्द्रीय अस्पताल स्वीकृत पाएको भए पनि बजेट र जनशक्ति प्राप्त भइसकेको छैन ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र संघीय समाजवादी फोरम चितवनका अध्यक्ष प्रेम भुजेलले भरतपुर अस्पतालको विकासमा साथ र सहयोग रहने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.