राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेकाे आराेपमा तीन जना युवक पक्राउ

| 2021 Jun 06 | 01:18 pm 2945

सुर्खेत, जेठ २३ः राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार गरेकाे आराेपमा तीन जना युवालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका-९, बोटेचौरका २९ वर्षीय विनोद पुन, ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढा रहेका छन् ।

ती युवाहरूले दुई जना राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेकाे प्रहरीले जनाएकाे छ। उनीहरूले युवतीहरूलाई होटलमा लगेर मदिरा खुवाएर यौन दुर्व्यवहार गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे हाे।

सामाजिक संजालमा ती युवतीहरूलाई यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनीहरूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको बताइएकाे छ।

उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए। भिडियोमा पुरुषहरू अर्धनग्न अवस्था देखिन्छन्। उनीहरूले युवतीहरूलाई यौन दुर्व्यवहार गरेको देखिन्छ। फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिका-११, आँपसोतीको भेरी किनारमा बस्दै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.