राउटेले पाए दशैंअघिकाे भत्ता

| 2022 Oct 15 | 03:41 pm 1333

दैलेख, असोज २९ः कर्णाली प्रदेशका विभिन्न जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । भगवतिमाई गाउँपालिका १ बाबियातडामा बस्ने ४० घरधुरीका १४४ जनालाई शुक्रबार गुराँस गाउँपालिका –८ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

दशैं अघि नै सामाजिक सुरक्षा भत्ता पाउने आसमा रहेका ती समुदायले दशैं सकिएपछि मात्र भत्ता प्राप्त गरेका हुन् । गुराँस गाउँपालिका –८ का वडा सचिव सुस्मिता खड्काले साउन, भदौ र असोजको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताइन् ।

उनले दशैं अघि नै राउटेलाई भत्ता वितरण गर्ने भए पनि दशैँको अन्तिम दिन मात्र वडामा बजेट आएपछि भत्ता वितरण गर्न ढिला भएको बताए । दशैंको बिदा २३ गतेसम्म थियो बैङ्कहरूमा समेत ढिला खुल्यो त्यस कारण हामीले दशैं सकिएको चार दिनपछि भत्ता वितरण गरेका हौँ । सङ्घीय सरकारले लोपोन्मुख राउटे समुदायलाई जनही चार हजार रुपियाँ दिने गरेको छ ।

राउटे समुदायका शिक्षक लालबहादुर खत्रीले अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारले तीन हजार र कर्णाली प्रदेश सरकारले दुई हजार गरी जनही पाँच हजार भत्ता दिएको भए पनि कर्णाली प्रदेश सरकारले पछि भत्ता दिन छाडेको बताए ।

उनले अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले सात महिनाको एकमुष्ट भत्ता दिएको भए पनि पछि कटौती गरेको बताए । कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताउने राउटे समुदाय गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.