राईस कुकरमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सारबाट बरामद

रिपोर्ट नेपाल | 2021 Apr 07 | 09:15 am 2561

काठमाडौं, चैत २५ः विभिन्न किसिमका उपायहरु अपनाएर नेपाल भित्र्याउन खोजिएका अवैध सुन बेलाबेलामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ पर्ने गरेको छ । यसै क्रममा खाना पकाउने राईस कुकरमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ ।

दुबईबाट आएका धनुषाका प्रगास महराले ल्याएको सुन भन्सार जाँच गर्दा फेला परेको थियो । ८ सय ८४ ग्राम सुनसहित उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको हो ।

फ्लाई दुबईबाट आएका महराले कुकरको भित्रपट्टि पिँधमा सुन फिट गरेर ल्याएका थिए । कुकर खोलेर हेर्दा पनि लुकाएको पत्ता नलाग्ने गरी फिट गरेको सुन एक्सरे मेशिनमा देखिएपछि विमानस्थलमा खटिएका प्रहरी र भन्सार कर्मचारीले फोडेर हेरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.