राँगा आक्रमणबाट घाइते नायब सुब्बा श्रेष्ठको पनि निधन

रिपोर्ट नेपाल | 2019 Feb 26 | 06:07 pm 2205

काठमाडौं,  फागुन   १४ : चन्द्रागिरी नगरपालिका–मच्छेगाउँमा राँगोको आक्रमणमा परी गम्भिर घाइते चन्द्रागिरी नगरपालिकाका नायब सुब्बाको उपचारकै क्रममा ज्यान गएको छ ।

राँगाको आक्रमणबाट घाइते भएका चन्द्रागिरी नगरपालिका–५ महादेवस्थानका ५२ वर्षीय कान्छा श्रेष्ठको उपचारका क्रममा निधन भएको हो । श्रेष्ठ फागुन ११ गते राँगोको आक्रमणमा परी सख्त घाइते भएका थिए । श्रेष्ठको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । यसअघि आक्रमणमै परी शनिबार स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको थियो । महर्जनलाई मनिङ वाकमा निस्किएका बेला राँगाले आक्रमण गरेको थियो । राँगाको आक्रमणबाट प्रहरी हवल्दारसहित आधा दर्जन व्यक्ति घाइते भएका थिए । थप क्षति हुनबाट बचाउन प्रहरीले राँगालाई लखेटेर दहचोक पु¥याई गोली हानेर मारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.