अस्ताए संगीतका चम्कीला तारा

रिपोर्ट नेपाल | 2019 Apr 28 | 05:02 pm 4231

काठमाडौं, वैशाख १५ : संगीतकार तथा गायक बीजु बज्राचार्यको निधन भएको छ । गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर बज्र आईतवार ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको हो । बज्र राजधानीको सिभिल अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

काठमाडौं बबरमहलस्थित आफ्नो निवासबाट कतै जाने क्रममा मोटरसाईकल स्टाट गर्दा उनी त्यही ढलेका थिए । अचेत अवस्थामा रहेका उनलाई सिभिल अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेको उनकी धर्म दिदी तथा वामीटक्सारकी छिमेकी विष्णुकुमारी सापकोटाले जानकारी दिइन् । उनी नेपाली सांगीतिक क्षेत्रका चर्चित संगीतकार थिए ।

गुल्मी कलाकार समाज काठमाडौंको उपाध्यक्ष समेत रहेका बज्र मूलधारको संगीत संगसगै पाश्चात्य शैलीको संगीतमा समेत दख्खल राख्ने संगितकर्मीको रुपमा चिनिन्थे । रेस्मा सुनारकाे स्वरमा रहेकाे ‘मै ठूली भइछुरे’ सर्वधिक चर्चित गीतमा पनि बज्राचार्यकै संगीत भरेका छन् ।

त्यस्तै फत्तेमान राजभण्डारीको स्वर रहेको “झरी परिरह्यो मनमा थामिदैन आँसु…..”, सुगम पोखरेलको स्वरमा रहेको “तिमी म भन्दा कोसौँ टाढा छौ……..”, कर्णदासको स्वरमा रहेको “बिस्तारै छायो आँखामा अँध्यारो…….”, आगन्तुक खरेलको स्वरमा रहेको “कुन रङको कमी थियो र सानु…….” जस्ता चर्चित गीतमा संगीत भरेका छन् ।

२०२८ सालमा जन्मिएका उनले २०४९ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उतीर्ण गरेका थिए । उनी वामीटक्सारका जुठप्रसाद वैद्यचार्यका छोरा हुन् । उनका श्रीमती एक छाेरी र दुई छोरा छन् । बज्र मुटु रोगबाट पीडित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.