रहेनन् पूर्वअर्थमन्त्री डा. बद्रीप्रसाद

रिपोर्ट नेपाल | 2018 Oct 29 | 06:18 pm 3280

काठमाडौँ, कात्तिक १२ : पूर्वअर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठको गए राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ । पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा. श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उनका भानिज दिनेश श्रेष्ठले जानकारी दिए ।

अर्थशास्त्री डा. श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गरेका थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनका भानिज श्रेष्ठका अनुसार स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.