रसुवा, बैशाख २: गएराति रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा कालिका गाँउपालिका- १ का ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा २९ बर्षीय उनका भाइ सागर तामाङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेले जानकारी दिए।
प्रदेश ०१-००६ ख १६८८ नम्बरको खाली टिपर ग्राङबाट कालिकास्थानतर्फ जाँदै गर्दा बागमती आफैं अनियन्त्रित भई सडकबाट करिब. दुई सय मिटर तल खसी दुर्घटना भएको बताइएको छ।
उक्त टिपरमा अन्य एक जना पनि सवार रहेको हुँदा बाेपत्ता भई उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।