रसुवागढि नाका फेरि एक सातका लागि बन्द

रिपोर्ट नेपाल | 2020 Feb 15 | 07:17 am 1803

रसुवा, फागुन ३: गत माघ १५ गतेदेखि पन्ध्र दिनका लागि बन्द रहेको रसुवा गढि नाका थप सात दिनका लागि बन्द भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाईरस सर्ने आशङ्काले रसुवागढि देखि केरूङ सम्मको आवतजावत बन्द गरिएको हो । तर, पुलपारिको पसल सम्म जान भने रोक लगाईएको छैन । यस्तै, कार्यालयहरू पुर्ण रूपमा खुल्ला रहेको भण्डारीले बताए ।

चिनमा फैलिएको कोरोना भाईरस अझैसम्म सिमामा देखा नपरेका कारण सर्तकता अपनाउन फागुन १ गतेबाट थप एक हप्ताको लागि नाका बन्द गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.