रसुवाको धुन्चेबाट २ किलो सुनसहित एकजना पक्राउ

| 2018 Dec 10 | 11:17 am 2056

काठमाडौं, मंसिर २४ : रसुवको धुन्चेबाट २ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका निमा दोर्जे तामाङ रहेका छन् ।

जिल्ला सदरमुकामा धुन्चेमा नियमित चेकजाँचका क्रममा निमा दोर्जे तामाङलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डीएसपी) सन्तोष तामाङले जानकारी दिए ।

स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना.१ज. ६१७६ को टाटासुमोमा सवार यात्रु निमा दोर्जेको साथबाट लुकाईछिपाई ल्याएको दुई किलो सुन बरामद गरेर आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी तामाङले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.