चितवन, असाेज ५ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ।
रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए । अदालतले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन आदेश दिएको थियो।
दुरुत्साहन आरोपमा पक्राउ परेका रविलाई ५ लाख, युवराजलाई ३ लाख रुपवैयाँ र अस्मिता सादा तारेखमा गत भदौ ९ मा रिहा गरेको थियो। आत्महत्या दुरुत्साहनको आरोप लागेपछि तीनैजनालाई गत साउन ३० मा काठमाडौंबाट पक्राउ गरी चितवन ल्याएको थियो।