रमाइलो घुम्तीमा माइक्रो बस दुर्घटना हुँदा १८जना घाइते

रिपोर्ट नेपाल | 2018 Jul 06 | 03:16 pm 3929

धनकुटा, असार २२ : धरान–धनकुटा सडक खण्ड अन्तर्गत धनकुटा–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रो बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।

हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रो ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

गम्भिर घाइते धनकुटा–६ की ५० वर्षीया कमला भुजेल र पाख्रिबास नगरपालिका–५ का १८ वर्षीय सुरज तामाङको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । अन्य १६ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.