दक्षिण कोरिया, असोज ८ : सिधा कुरा जनतासँगका कार्यक्रमबाट लोकप्रिय बनेका प्रस्तोता रवि लामिछाने दक्षिण कोरिया आइपुगेका छन् । कोरियाको महान् पर्व ‘छुसक’को अवसर पारेर सेप्टेम्बर २५ र २६ तारीखमा हुने बृहत अन्तरक्रिया कार्यक्रमका लागि ३ दिने भ्रमणमा यहाँ आइपुगेका हुन् ।
काभ्रे सम्पर्क समिति र धादिङ समाजद्वारा आयोजित ञरिदम लाइभ कन्सर्ट तथा सांस्कृतिक कार्यक्रमझको साथै अन्तरक्रिया कार्यक्रममा भाग लिनका लागि आइपुगेको आयोजकका प्रचारप्रसार संयोजक यम श्रेष्ठले जानकारी दिए ।
उक्त अवसरमा चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का लागि रिपोर्टिङ समेत गरिने छ ।आज हुने “रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका”मा बिशिष्ट अतिथिको रुपमा लामिछाने सहभागी हुने जनाएको छ ।
पत्रकार लामिछाने कोरिया आउनुअघि जापानमा गएका थिए । कार्यक्रम पछिको दुई दिन दुई स्थानमा यहाँ रहेका नेपालीहरूसँग छुट्टै अन्तरक्रिया गर्ने बताएको छ । सेप्टेम्बर २५ मा पत्रकार रवि लामिछानेसँग सउलमा छलफल तथा अन्तरक्रिया गर्ने स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियाका संयोजक यम श्रेष्ठले बताएको छ ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा विशेष गरी नेपालीहरूमा कामको तानबले हुने डिप्रेसन, नेपाली नेपाली बीच नै हुने दुर्व्यवहार, वैमनस्यता, संघसंस्थाको नाममा अनिमियता, ठगी गर्ने जस्ता प्रवासी नेपालीहरूको विविध समस्याको बारेमा छलफल हुने छ ।
प्रवासमा बसेर पनि समृद्ध नेपालका लागी के-कस्ता रचनात्मक कार्यहरु गर्न सकिन्छ ?, भ्रष्टाचार र अनिमियता निर्मुल पार्नको निम्ति सचेत नागरिकको दायित्व र भुमिका के-के हुन् ? भन्ने जस्ता समसामयिक बिषयमा अन्तरक्रिया हुने जनाएको छ ।
यसै विषयमा २६ तारिकमा किम्हे माइग्रेन्ट हाउस तथा राष्ट्रप्रेमी रबि लामिछाने सपोर्ट ग्रुप द्वारा आयोजित मोटिभेस्नल तथा बृहत् अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछ । २५ र २६ तारिखको दुवै कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने जानकारी अभियन्ता जोशीले दिएको छ ।