काठमाडौं, वैशाख २३: आगामी जेठ ४ गते काठमाडौंको रत्नपार्कमा श्री श्री महागोयी सद्गुरु गोरक्षनाथ बाबाको पूजा अर्चना गरिने भएको छ । ओम सेनाका अध्यक्ष धनबहादुर कुँवर(जंगे) ले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार जेठ ४ गते शनिबार गुरु गोरखनाथको प्रकट जयन्तीको अवसरमा पारेर गोरख विधी अनुसार पूजा अर्चना गरिने भएको छ ।
वैदिक सनातन धर्मको संरक्षण गर्ने उद्देश्य र राष्ट्र निर्माता पृथ्वीनारायण शाह लगायत अन्य वीर महापुरुषहरुको सम्झनामा भण्डारा समेत लगाइने भएको छ । सेनाका अध्यक्ष कुँवरका अनुसार बाबाको मुर्तीमा दर्शनधारी नाथसम्प्रदायका गुरुजनबाट विधिवत तरिकाले गोरक्ष जगाई नेपाल राष्ट्रमाथि आएको संकटलाई समाधान गर्ने गराइने पूजा गरिने भएको छ ।
ओम सेना नेपाल र गोरक्षा सेनाद्वारा जारी विज्ञप्तीका अनुसार उक्त दिन राष्ट्र निर्माणका लागि खटिएका पृथ्वीनारायण शाह, विसे नगर्ची, भिमसेन थापा, कालु पांडे, भक्ती थापा, अमरसिंह थापा, बलभद्र कुवँर, रामकृष्ण कुवँर, झागल गुरुङ, वंशु गुरुङ र जंगबाहदुर कुवँर राणाको स्मृतिमा भण्डारा चलाउने र साधु सन्त महात्मालाई दक्षिणा प्रदान गरिने भएको छ ।