रड प्रहारबाट एककाे मृत्यु

| 2022 Nov 11 | 06:25 pm 1817

तनहुँ, कात्तिक २५ः रड प्रहार हुँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौडा स्थितमा रहेको रिमाल अटो केयरमा काम गर्ने देवघाट गाउँपालिका वडा नं. २ क्वादी स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौडा बस्ने बर्ष २४ का विरम आले रहेका छन् ।

उनलाई सोही अटो केयरमा काम गरिरहेको अवस्थामा सर्लाही गौरीशंकर नगरपालिका वडा नं. ५ बगरवा स्थायी घर भई हाल तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौडा बस्ने बर्ष २५ का नबिन कुमार चौधरीले एक्कासी पछाडीबाट आई रडले टाउको समेतको भागमा हिर्काई घाइते  बनाएका थिए ।

घाइते अवस्थामा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएकोमा उनको उपचारको क्रममा
अस्पतालमा मृत्यु भएको थियाे ।

घटनामा संलग्न रहेका नबिन कुमार चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.