रडमा उनिएर एक मोटरसाइकल चालकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 06 | 10:16 am 1918

काठमाडौं, जेठ २३:  साईकलमा बोकेको रडमा उनिएर बिहिबार काठमाडौंस्थित बिजुलीबजारमा एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।

बा ४२ प ५३६ नम्बरको मोटरसाईकलका चालक ३७ बर्षीय अमरराज ताम्राकारको साईकलमा बोकेको रडमा उनिएर मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार गम्भीर घाइते भएकी काभ्रे पलाञ्चोककी रितु लामाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

रडमा उनिएपछि उपचारका क्रममा बानेश्वरको एभरेष्ट अस्पताल पुर्याईएका श्रेष्ठको सोही अस्पतालमा मृत्यु भएको र उनको पुरै नाम तथा ठेगाना खुलिसकेको छैन ।

दुर्घटनापछि रड बोकेको साईकलका चालक फरार भएका छन् । उनको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.