काठमाडाैं, भदाै १६ः नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ साउन २६ गतेबाट कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी प्राप्त गरेका कायममुकायम रथी प्रभुराम शर्मालाई बुधबार रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालद्वारा प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन् ।
नेपाली सेनाका पि.एस.ओज. रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा रक्षा सचिवद्वारा कायममुकायम प्रधान सेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।