रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

रिपोर्ट नेपाल | 2021 Nov 26 | 08:27 pm 1945

काठमाडाैं, मंसिर १०ः श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा विभिन्न सञ्‍चार माध्यमका २६ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई मिति २०७८ मंसिर ०५ गतेदेखि ऐ.१० गतेसम्म संचालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme-DCOP) को आज मिति २०७८ मंसिर १० गते चितवन राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ श्री खड्‍गदल गणमा आयोजित एक कार्यक्रमकाबीच श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले समापन गरेका छन् ।

उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रमका साथै राष्ट्र गौरवको आयोजना काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना (KTFT) तथा चितवन राष्ट्रिय निकुञ्‍जको स्थलगत भ्रमण गराइएको थियो ।

उक्त समापन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत, श्री खड्‍गदल गणका गणपतिलगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्‍वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.