रक्षाबन्धनको मेला भरेर फर्किने क्रममा २० वर्षीय युवती सामूहिक बलाकृत, पाँच पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 28 | 06:08 pm 2932

सप्तरी, भदौ १२ : दिदीबहिनी र दाजुभाइबीचको प्रेम प्रतिकको रुपमा रहेको रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छिन् ।

रक्षाबन्धनको मेला भरेर फर्किने क्रममा राति शम्भुनाथ नगरपालिका ६ बसबलपुर जाने बाटोको अर्नाहा भन्ने स्थानमा खडग नगरपालिका ५ की २० वर्षीय सरिता (नाम परिवर्तन) लाई ६ जना युवकले करणी गरेको जिल्ला प्रहरीका डिएसपी भावेश रिमालले जानकारी दिए ।

आफ्नै टोलका एक १६ वर्षीय युवक दिवस (नाम परिवर्तन) सँगै रक्षा बन्धनको अवसरमा लागेको मेला भरेर साइकलमा घर फर्किने क्रममा बिमलालाई ६ जना युवाले पालैपालो सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । सरितासँगै रहेका युवक दिवसकलाई नियन्त्रणमा लिइ कुटपिट गर्दै मोबाइल र साइकल खोसी आरोपी युवकहरुले बिमलालाई धानखेतमा लगेर बलात्कार गरेका थिए ।

राति साढे २ बजे दिवसले इलाका प्रहरी कार्यालय कल्याणपुरमा खबरका थिए । राति नै खोजीमा निस्केको प्रहरीले दिवसको साइकल धानखेतमा फेला पारे पनि सरितालाई फेला पार्न सकेको थिएन । सोमबार बिहान पीडित सरिता आफैंले फोन गरी कठौना खरचुहिया सडक खण्डमा रहेको जानकरी दिएपछि जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टको नेतृत्वको टोली नै परिचालित भएको थियो ।

बिमलाको उद्धारपछि प्रहरीले उनीसित सोधपुछ गरेको आधारमा सामूहिक बलात्कारमा सम्लग्नको आरोप लागेका ६ जनामध्ये पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शम्भुनाथ नगरपालिका ५ का २० वर्षीय विक्रम सरदार, २६ वर्षीय कृष्णकुमार साह, २७ वर्षीय मनोजकुमार राम, कञ्चनरुप नगरपालिका ११ का २४ वर्षीय हिरालाल साह र शम्भुनाथ नगरपालिका ७ का १८ वर्षीय राजकुमार भगतलाई नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका पाँचैजनालाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा जिल्ला अदालत सप्तरीबाट मंगलबार म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको डिएसपी रिमालले जनाए । घटनामा संलग्नमध्ये फरार रहेका एकजनाको खोजी भइरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.