रकम बिनाको चेक काट्ने दुई जना प्रहरीको फन्दामा

| 2021 Apr 27 | 02:52 pm 2429

काठमाडौँ बैशाख १४: बैंकमा रहेको खातामा रकमबिना चेक दिने दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) पक्राउ गरेको छ। (सिआइबी) प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार चेक बाउन्स गरेको मुद्दामा गत फागुन १७ गते उच्च अदालत पाटनले ७ दिन कैद र ३० लाख जरिवाना तोकेका काठमाडौं महानगरपालिका-१० बानेश्वरका ५० वर्षीय कैलाशप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै, गत चैत ३ गते उच्च अदालत पाटनले नै १४ दिन कैद र २७ लाख ५० हजार जरिवाना ठहर भएका व्यक्तिलाई पनि पक्राउ गरेको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० गुर्जुधारा बस्ने ३३ वर्षीय नारायण आचार्यलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै जनालाई सजाय कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रबक्ता पन्तले बताईन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.