यौनप्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु भन्दै धम्की दिने विशेषज्ञ डाक्टर पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 19 | 05:00 pm 2152

काठमाडौं, असोज ३ : आफैंले पढाउने छात्रालाई सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश पठाएको आरोपमा पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भदौ २६ गते ५५ वर्षिय मेघराज तिवारी पक्राउ गरि अनुसान्धन थालेको हो ।

तिवारीलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय अपराध मुद्धामा म्याद थपी अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।

सिंहका अनुसार उनले कंलकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा पढाउँछन्। सोही कलेजमा बिएस्सी अध्यनरत एक २० वर्षिया छात्रालाई तिवारीले ६ महिनादेखि यौन प्रस्ताव राखेको तर छात्राले अस्वीकार गरेपछि म्यासेन्जरमार्फत् आपत्तिजनक म्यासेज पठाउने गरेको खुलेको एसएसपी सिंहले जानकारी दिए।

‘तिवारीले पीडित युवतीलाई धेरै दुस्ख दिने गरेका रहेछन्,’ एसएसपी सिंहले भने,‘आफ्नै साथीको छोरीलाई तिवारीले पटकपटक यौन प्रस्ताव राखेको देखियो। युवतीले नमानेपछि म्यासेजमा अश्लिल गालीगलौज गर्ने गरेका रहेछन्, जुन कुरा सहन नसकेर उनी प्रहरीमा पुगिन्।’

तिवारीले ती छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्कीसमेत दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.