काठमाडौं, कात्तिक ७ : राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले दुई तिहाई मत प्राप्त वर्तमान केपी ओली नेतृत्वको सरकार असफल भएको आरोप लगाएका छन् ।
बुधबार बिहान एक अन्तरवार्तामा डा.केसीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले थर्ड मार्कमा पास गराए पनि आफूले भने पास मार्क मात्रै पनि गर्न नसक्ने बताएका छन् ।
निर्वाचनका समयमा जनतासँग गरेका वाचा, बन्धन र प्रतिबद्धतालाई सरकारले पूरै बिर्सिएको डा.केसीको आरोप रहेको थियो । संसारमा कुनै पनि पार्टीमा दुई शक्तिशाली अध्यक्ष नरहने बताउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र रहेका अध्यक्ष केपी र प्रचण्ड एक अर्कालाई असफल बनाउन लागेको केसीको भनाई रहेको थियो ।
सरकार कहाँ किन अलमल परेको छ भन्ने कुरालाई विश्लेषण गर्दा सरकारमै रहेका मन्त्रीहरुको असक्षमता, जनताका कामलाई भन्दा कमाउ धन्दालाई प्राथमिकता दिएको केसीको भनाई रहेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो ठोस एजेण्डा लिएर सडक र सदनमा आउनु पर्नेमा कहिले डा.गोविन्द केसी त कहिले निर्मला पन्तको कुरा मात्रै लिएर अघि आउने गरेको डा.सुरेन्द्र केसीको भनाई रहेको थियो ।
लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष दलका भूमिका महत्वपूर्ण हुनुपर्नेमा कांग्रेस पनि आन्तरिक किचलो र गुट उपगुटमा अल्झिएको केसीको भनाई रहेको थियो ।
एक प्रसंगमा राजनीतिक विश्लेषक सुरेन्द्र केसीले निर्मला बलात्कार पछिको हत्यामा सरकार रमिते बन्नुका पछाडी नारायणमान बिजुक्छेले भने जस्तै हुन सक्ने बताए ।