यो वर्ष मेगा बैंकले ४० करोड खुद नाफा कमायो

रिपोर्ट नेपाल | 2018 Nov 15 | 07:54 am 2342

काठमाडौँ, कात्तिक २९ :  वित्तीय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल मेगा बैंक नेपाल लिमिटेडले ४० करोडभन्दा बढी मुनाफा कमाएको जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा ४० करोड ४५ लाख भएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले उक्त रकममा ३ सय ९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा ६६ अर्ब ११ करोड पुगेको पनि जनाइएको छ ।

त्यसैगरी, कर्जा तथा सापटीमा २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत छ ।

मेगा बैंक र साविक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड २०७५ वैशाख ३० गते एक भई संयुक्त कारोबार प्रारम्भ गरिएको थियो । यी दुबै बैंक एक भएपछि निक्षेप १२ अर्ब ७३ करोड र कर्जा प्रवाह १२ अर्ब ७५ करोड भएको छ ।

मेगा बैंकका १ सय २ वटा शाखा, १८ वटा एक्सटेनशन काउन्टर, १ सय ११ वटा शाखारहित बैंकिङ केन्द्र, दुई हजार ३ सयभन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.