यो दशैंमा घर आइन (कविता)

| 2020 Oct 20 | 01:19 pm 4779

यो दशैंमा घर आइन

न त राम्रो नतिजा भो न त राम्रो कर्म भयो
यो दशैंमा घर आइन मुख दखाउनै सर्म भयो ।

धेरै भयो घर छाडेको पढाइ पनि जहाँको त्यही
खिन्नता र नैरास्यले पीडा हुन्छ कहिले काँही ।
न त राम्रो संस्कार सिके न त राम्रो धर्म भयो
यो दशैंमा घर आइन मुख देखाउनै सर्म भयो ।

बुने ठूला सपना ती बिपनामा रित्तै भएँ
दिन दिन रस बिनाको उखु जस्तै बन्दै गएँ ।
बाहिर दाँत हाँसे पनि मन भित्र मर्म भयो
यो दशैंमा घर आइन मुख देखाउनै सर्म भयो ।

कोरोना त निहु मात्रै हो मैले सबै बिगारेको
भताभुङ्ग पारी सके जीवन पहिले सिंगारेको ।
सोच संगत बिग्रियोकी कसो कसो पर्न गयो
यो दशैंमा घर आइन मुख देखाउन सर्म भयो ।

अर्को साल पक्का आउने बाचा कसम खाएको छु
समयको प्रहारबाट धेरै ज्ञान पाएको छु ।
दुःख लाग्छ त्यो आँट साहस खै कसरी झर्न गयो
यो दशैंमा घर आइन मुख देखाउन सर्म भयो ।

(विजया दशमी २०७७ को शुभकामना)

विजय गाैतम, रेसुङ्गा नगरपालिका १४ गुल्मी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.