काठमाडौं, फागुन २८: संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व नभएका राष्ट्रको संगठनमा मधेस स्वतन्त्र मुलुक भएको राष्ट्र भएको सदस्यता लिएको पाइएको छ।
आफूलाई बेग्लै राष्ट्रको दाबी गर्ने तर संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व नभएका राष्ट्रहरुको संगठनको रुपमा संयुक्त राष्ट्रसंघीय स्वीकृतिमै ब्रसेल्समा मुख्यालय रहेको संगठन यूएनपीओको सदस्य राष्ट्रमा मधेस बेग्दै स्वतन्त्र मुलुक भएको देखाइएको छ।
यूएनपीओको आधिकारिक वेवसाइटमा मधेस बेग्लै देशको रुपमा सदस्यता लिएको उल्लेख छ। उक्त वेवसाइटमा ‘मधेस’ – स्वतन्त्र मधेसको गठन्धन भनेर परिचय दिइएको छ। जसमा सन् २०११ को जनगणना अनुसार एक करोड ३० लाख जनसंख्या रहेको उल्लेख छ। २३ हजार ६८ वर्ग किलोमिटर क्षेत्रफल रहेको मधेस राष्ट्र नेपालको दक्षिणी क्षेत्रमा पर्ने उल्लेख छ। यहाँ मधेसीया (अवधी, बज्जिका, भोजपुरी, हिन्दी, मैथिली, राजवंशी, सन्थली, थारु, उर्दु र अन्य ) भाषा बोलिने वेवसाइटमा उल्लेख छ।
मधेस सन् २०१७ मा यसको सदस्य राष्ट्र बनेको थियो। जसमा सिके राउत नेतृत्वको समूहको झन्डा नै मधेसको राष्ट्रिय झन्डाको रुपमा राखिएको छ।
लामो समयदेखि स्वतन्त्र मधेसको माग गर्दै आन्दोलनरत सिके राउतले गत फागुन २४ गते शुक्रबार ११ बुँदे सहमति गरेको थियो। सिके राउत पक्षधरले स्वतन्त्र मधेसको लागि जनमत संग्रह गराउन सरकार तयार रहेको भन्दै मधेसमा अभियान तथा प्रचारप्रसार थालेको छ भने सरकारले यस्तो बचाउ गर्न पनि सकेको छैन।
जसमा तिब्बत र बलुचिस्तान पनि अलगै राष्ट्रको सदस्यता लिएको छ। एक सयभन्दा बढी राष्ट्रले सदस्यता लिएको संगठनले आदिवासी, जनजाती, अल्पसंख्यक जनताले छुट्टै राष्ट्रका बनाउन राजनीतिक र सामाजिक र सांस्कृतिक अधिकार प्राप्तीका लागि संघर्ष गर्न सहयोग गर्ने गर्दछ।
यहाँ क्लिक गर्नुहोस्, यस्तो छ मधेस छुट्टै राष्ट्रको सदस्यता लिएको संगठन
यूएनपीओका सदस्य राष्ट्रको सूची
