यूएईविरुद्ध दोस्रो टी २० आज : नेपाललाई सिरीज जोगाउने मौका

रिपोर्ट नेपाल | 2019 Feb 01 | 09:17 am 1519

काठमाडौं, माघ १८ : यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो टी–२० खेल शुक्रबार खेल्दैछ ।

बिहीबार भएको टी २० सिरीज को पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो । सिरीज जोगाउनका लागि नेपालले शुक्रबार यूएईलाई हराउनै पर्नेछ ।

एक दिवसीय सिरिज २–१ ले जितेको नेपाल टी–२० सिरिजको पहिलो खेलमा भने पराजित भयो । दुबईको आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा खेल दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.