यूएईले नेपाललाई दियो १०८ रनको सामान्य लक्ष्य

| 2019 Feb 01 | 04:32 pm 1467

काठमाडौं, माघ १८ : टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई  १०८  रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको हो ।

यूएईका लागि ओपनर सि.पि रिजवानले सर्वाधिक ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा यूएई सामान्य स्कोरमा नै समेटिएको हो । यूएईलाई सस्तैमा रोक्न  अभिनास बोहराले ३ विकेट लिँदा सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

रिजवनले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी १९ औं ओभरमा अभिनाश बोहोराको बलमा क्याच आउट भए । सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा मिड अफमा ज्ञानेन्द्र मल्लद्धारा उत्कृष्ट क्याच गराउँदै ओपनर अस्फाक अहमदलाई ४ रनमा पेभिलिएन फर्काए । लगतै सोमपालले नै तेस्रो ओभरको तेस्रो बलमा अर्का ओपनर गुलाम शब्बेरलाई ६ रनमा विकेटकिपर प्रदीप ऐरीबाट क्याच गराए ।

छैटौं ओभरको चौथो बलमा कडा छक्का प्रहार गरेका शाइमन अनवरलाई पाँचौ बलमा भने सन्दीपले आफ्नो जादुमा फसाए । अनवरलाई आउट गरेको अर्को बलमा मोहम्मद उस्मानलाई पनि खाता खोल्न नदिई आउट गर्दा गर्दा सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । ८ औं ओभरको पहिलो बलमा मोहम्मद बूटाले १ रन लिएपछि सन्दीप ह्याट्रिक गर्चबाट चुके । अनवारले ११ बलमा समान एक चौका र छक्का सहित १४ रनको योगदान दिए । उस्मान र अनवर दुबैको क्याच कप्तान पारस खड्काले लिएका थिए ।

११ औं ओभरको तेस्रो बलमा करण केसीले मोहम्मद बूटालाई ११ रनमा क्याच आउट गराए । १३ ओभरको चौथो बलमा अभिनास बोहोराले आमिर हायतलाई ३ रनमा दिपेन्द्रसिंह ऐरीबाट उत्कृष्ट क्याच गराएका थिए । अभिनासले १५ ओभरको तेस्रो बलमा कप्तान मोहम्मद नाविदलाई ७ रनमा क्याच आउट गराएपछि यूएई संकटमा परेको थियो । जुन समय खेलामा नेपालले पूर्ण रुपममा पकड जमाई सकेको थियो । १६ ओभरको तेस्रो बलमा पवन सरार्फले आफ्नै बलमा सुल्तान अहमदको क्याच छोड्न पुगे ।

टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको नेपाललाई सिरीज जित्ने आसा आयमै राख्न आजको जित्नै पर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.