युवा संघले स्वास्थ्य सामाग्री बाड्यो

रिपोर्ट नेपाल | 2021 May 21 | 07:11 pm 4913

चितवन, जेठ ७ः नेपाल कम्युनिष्ठ पार्टी एमालेको भातृ संगठन युवासंघ नेपालको खैरहनी नगरपालिकामा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

No description available.

युवा संघ खैरहनी नगरका अध्यक्ष कुमार थापा मगरको नेतृत्वमा नगरका १३ वटा वडाका स्वास्थ्य संस्थालाई सेनिटाइजर र मास्क वितरण गरिएको अध्यक्ष कुमार थापाले रिपोर्ट नेपाललाई बताए ।

नगरपालिकाका वडा अध्यक्ष मार्फत स्वास्थ्य सेवामा अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीलाई सामाग्री वितरण गरिएको हो ।

No description available.

नगर अध्यक्ष थापाले सामाजिक दायित्व अनुसार स्वास्थ्यकर्मी लगायत सामाजिक अभियानमा सकृय व्यक्तिलाई सामाग्री वितरण गरिएको बताए ।

अहोरात्र बिरामीको सेवामा सकृय स्वास्थ्यकर्मीको स्वास्थ्यको ख्याल गरी माक्स र सेनिटाइजर दिइएको पनि अध्यक्ष थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.