गुल्मी, असोज ४ः नेपाली कांग्रेस गुल्मीका सचिव एवम् युवा नेता खिलध्वज पन्थी कांग्रेस कोभिड १९ संक्रमण गुल्मीको सूचना संयोजकमा मानोनित भएका छन् ।
सह महामन्त्री प्रकाशशरण महत संयोजक रहेको कोरोना अनुगमन विभागले पन्थीलाई मानोनयन गरेको हो ।
मुलुकभर कोरोनाको सन्त्रासले सर्वसाधारण आतंकित भइरहेका बेला नेपाली कांग्रेस केन्द्रीय कार्यालयले कोभिड १९ ले पारेको असरका विषयमा नियमित अनुगमन गर्नका लागि कोरोना अनुगमन विभागले सूचना संकलन गर्ने बताईको छ ।
नव नियुक्त पनथीले जिल्लामा कोभिड १९ संक्रमणको स्थिति, परीक्षणको अवस्था, आइसोलेसन र क्वारेन्टाइनको सुविधा र मापदण्ड बारे सूचना प्रवाह गर्नुपर्ने हुन्छ ।
यसका अलवा पन्थीले गुल्मी जिल्लामा रहेका संक्रमितको लागि अस्पतालको स्थिति, स्वास्थ्य सामाग्री, चिकित्सक लगायत स्वास्थ्यकर्मीको व्यवस्था बारे पनि संयोजकले केन्द्रलाई रिपोटिङ गर्नुपर्ने बताईको छ ।
समय समयमा भएका लकडाउन र निषेधाज्ञाले परेको र पर्न सक्ने आर्थिक र सामाजिक अवस्थाको मूल्याङ्कन गरी सरकारले चालेका कदमहरुको समेत जिल्लामा देखिएको कृयाकलाप समेत केन्द्रलाई अवगत गराउन संयोजक तोकिएको बताइएको छ ।
नेता पन्थीको नियुक्तिलाई नेपाल तरुण दल गुल्मीका पूर्व सदस्य कृष्ण प्रसाद सापकोटाले केन्द्रले सही मान्छे चयन गरेको प्रतिकृया दिएका छन् ।