तनहुँ, साउन १९: युवा जागरण अभियानले तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं १३ टुटेपानिमा किसानहरूलाई कफि बिरुवा बितरण गरेको छ । टुटेपानि होमस्टेमा एक कार्यक्रम मार्फत युवा जागरण अभियानले कफिको बिरुवा स्थानिय किसानहरुलाई हस्तान्तरण गरेको हो ।
सामाजिक विकासबाट नै आर्थिक समृद्धि सम्भब छ भन्ने मुल नारा बोकेर विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको युवा जागरण अभियानले कृषकहरुको आर्थिक विकास र टुटेपानि क्षेत्रको पर्यटकिय विकासमा टेवा पुगोस भन्ने हेतुले करिब ६ सय वटा कफिका बिरुवा स्थानीय किसानहरुलाई वितरण गरिएको नेविसंघ नेता एवम् युवा जागरण अभियानका अभियान्ता ई.भुवन भट्टले बताए ।

कार्यक्रममा मन्तव्य राख्दै नेविसंघ निवर्तमान उपाध्यक्ष प्रकाश राना र नि.केन्द्रीय सदस्य सुशील तिमल्सेनाले टुटेपानि क्षेत्रमा व्यवसायिक कफि खेतिको विकास गर्नु जरुरी रहेको बताए । यस क्षेत्रलाई अर्गानिक कफि उत्तपादन हुने प्रसिद्ध ठाउको रुपमा विकास गर्दै बिदेशी पर्यटकहरुको गन्तव्यका रुपमा विकास गर्न सकिने पनि बताए ।
युवा जागरण अभियानले कफिको बिरुवा वितरण गरेको र स्थानीय किसानहरुले बिरुवाको सही सदुपयोग गर्न जिम्मेवार हुँदै मेहेनत गर्नु पर्ने बताए ।
कृषि क्रान्ति मार्फत गाउँको विकास सम्भव भएको र व्यवसायिक कृषि मार्फत समाजको आर्थिक विकास गर्न सकिने भएकोले अगामि दिनमा कफि खेति विकासका लागि युवा जागरण अभियानले विज्ञहरुद्वारा यस क्षेत्रमा थप तालिमको व्यवस्था गर्ने जनाए ।
कफि खेति विकासमा थप सहयोग पुर्याउने प्रतिबद्धता सहितको सन्देश युवा जागरण अभियानका संयोजक ई.चिन्तन पौडेलले स्थानियलाई पठाएको नेविसंघ नेता भट्टले कार्यक्रममा बताए ।
कार्यक्रममा बोल्दै भानु १३ का वडा अध्यक्ष र टुटेपानि हामस्टे व्यवस्थापन समिती अध्यक्षले युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलको अथक प्रयासमा कफि विरुवा वितरण गर्न आएको उपाध्यक्ष रानाको टिमलाई धन्यवाद दिए ।
अभियानको सामाजिक कार्यको प्रशंसा गरेका थिए । भानु १३ का अध्यक्षले स्थानिय सरकार समेत टुटेपानि क्षेत्रमा व्यवसायिक कफि खेति विकासमा सहयोगी रहने प्रितबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा नेविसंघ निवर्तमान केन्द्रीय उपाध्यक्ष एवम् युवा जागरण अभियानका केन्द्रीय उपाध्यक्ष प्रकास राना, निवर्तमान केन्दीय सदस्य एवम् जागरण अभियानका अभियान्ताहरु सुशील तिमल्सेना, एलिजा ढकाल, नेविसंघ तनहुँ काठमाडौ सम्पर्क समिति अध्यक्ष प्रबिन कैनि, नेविसंघ नेता भुवन भट्ट र भानु १३ का वडा अध्यक्ष राम बहादुर बानिया, टुटेपानि होमस्टे व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन होम बहादुर गुरुङ, टुटेपानि टोलसुधार समितिका अध्यक्ष, टुटेपानि आमा समूह अध्यक्ष नन्दा गुरुङ लगायत स्थानिय किसानहरुको सहभागिता रहेको थियो ।