युवा जागरणद्वारा आर्थिक विकासका लागि बहस शुभारम्भ

रिपोर्ट नेपाल | 2019 Mar 16 | 02:54 pm 2361

काठमाडौं, चैत्र २ : सामाजिक विकासबाट नै आर्थिक समृद्धिको संभव छ भन्ने मुल नारा बोकेको युवा जागरण अभियानको प्रथम बार्षिकोत्सवको पूर्व अर्थमन्त्री डा रामशरण महतले एक समारोहकाबीच उद्घाटन गरेका छन् ।

बार्षिकोत्सवकै अवसरमा युवा जागरण अभियानले नेपालको सामाजिक तथा आर्थिक विकासको लागि बहस समेत गराएको थियो । काठमाडौंको अनुपम फूडल्याण्डमा भएको बहस कार्यक्रमलाई डा महतका साथै नेपाली काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला लगायतका वक्ताले आर्थिक विकासका लागि चाल्नुपर्ने कदमका विषयमा प्रकाश परेका थिए ।

 

बहस कार्यक्रममा अभियानद्वारा यो एक वर्षमा गरिएको प्रगति बारे प्रकाशित “जागृती” पुस्तिकाको विमोचन समेत गरिएको थियो । युवा जागरण अभियानका अध्यक्ष चिन्तन पौडेलका सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.