युवा अर्थशास्त्री बैदिक लुम्विनी प्रदेशको अर्थविज्ञ नियुक्त

रिपोर्ट नेपाल | 2023 Jun 16 | 08:41 pm 1633

भालुवाङ,असार १ । युवा अर्थशास्त्री सुशान्त बैदिकले लुम्विनी प्रदेश सरकारको अर्थविज्ञको जिम्मेवारी संहालेका छन् ।

अर्थशास्त्र विषयमा नर्वेको नर्वेजियन स्कुल अफ इकोनोमिक्सबाट स्नातक तथा बेलायतको द लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सबाट स्नातकोत्तर एवं एमफिल गरेका बैदिकलाई यसै साता लुम्विनी प्रदेश मन्त्रिपरिषदले अर्थविज्ञमा नियुक्त गरेको थियो ।
मुख्यमन्त्री र मन्त्रीकोलपारिश्रमिक तथा सेवा संवन्धी ऐन २०७५ को दफा १० तथा अनुसूचि २ बमोजिम अर्थविज्ञ पदमा नियुक्त भएका बैदिक ग्लोबल इकोनोमिक्स प्रस्फेक्टीभ प्रोग्रामका उपनेता समेत हुन् ।

यस अघि बैदिक बेलायती सरकारको एक इकोनोमिक कन्सलटिङ कम्पनीमा अर्थशास्त्रीको रूपमा कार्यरत थिए।

बेलायतको सम्मानित पेशाबाट राजीनामा दिई आफ्नो स्वदेश तथा आफ्नो प्रदेशको सेवा गर्ने उद्देश्यले नेपाल फर्केका बैदिकले लुम्बिनी प्रदेशको वित्तीय नीति, योजना तर्जुमा, योजना प्रभावकारिता, प्रदेश स्तरीय आर्थिक अवस्था र आबस्यकता, राजश्व सुधार लगायतका विषयमा सल्लाहकारी भूमिका निर्वाह गर्नु हुने कुरामा आँफु विश्वस्त रहेको मुख्यमन्त्री डिल्ली चौधरीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.