काठमाडौँ , कात्तिक १४ । रोल्पामा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुङग्री गाउँपालिका ६ तल्लो गुम्चालका २८ वर्षीय नुमबहादुर रोका रहेका छन् । उनलाई प्रहरीले सोमवार बिहान पक्राउ गरेको हो ।
रोकाले पीडित किशोरीलाई लुङग्री गाउँपालिका–६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरेर फरार भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय सुलिचौरले अनुसन्धान गरिरहेको छ ।