युवतीको विषयमा झडप हुँदा वृद्धको मृत्यु

रिपोर्ट नेपाल | 2023 Jan 07 | 08:21 am 1261

बुटवल, पुस २३ः बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । हिजाे शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय युवतीको विषयमा स्थानीयबीचमा झडप भएको र उनको निधन भएको जनाइएको हो । झडपममा घाइते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.