युरोपमा कोरोना संक्रमितको मृत्युदर ४० प्रतिशतले बढ्यो

| 2020 Oct 28 | 08:13 am 2389

काठमाडाैं, कात्तिक १२ः युरोपमा पछिल्लो साता कोरोना भाइरस संक्रमितको मृत्युदर ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ। डब्ल्यूएचओका अनुसार बेलायत, फ्रान्स, रुस, नेदरल्यान्ड तथा स्पेन लगायतका मुलुकमा एक तिहाइले कोरोना संक्रमण वृद्धि भएसँगै मृत्युदर बढेको हो।

यस्तै अस्पतालहरू अहिले कोभिडका बिरामीले खचाखच भरिएको डब्ल्यूएचओकी प्रवक्ता डा. मार्गरेट ह्यारिसले बताइन्। अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन्, उनले भनिन्, अस्पतालको क्षमता र व्यवस्थापनमा राम्रो सुधार गरिएको भएपनि थुप्रै देशका अस्पतालहरू छिट्टै भरिँदै छन्।

पछिल्लो समय युरोपेली मुलकमा संक्रमण तीव्र बनेसँगै नयाँ प्रतिबन्ध लगाइएको र त्यसको प्रभावकारीता थाहा पाउन दुई साता कुर्नुपर्ने प्रवक्ता ह्यारिसले बताइन्। हामीले संक्रमितको संख्या घट्दै गएको देख्छौँ तर त्यो रातारात देखिने कुरा होइन, उनले भनिन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.