युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल घाइते

रिपोर्ट नेपाल | 2018 Jun 19 | 05:26 pm 3521

काठमाडौं,  ५ असार : युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् । काठमाडौंको लाजिम्पाटमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चंगोल बस्ने १८ वर्षीय ट्रपिस नेपाल घाइते भएका हुन् ।

प्रहरीका अनुसार युनिसेफको सो गाडी चालक नेदरल्याण्डका नागरिक रहेका छन् । अहिले थप अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनाबाट मोटरसाइकलको अगाडि पट्टीको भाग टुक्राटुक्रा भएको छ । ठक्करबाट घाइते भएका नेपालकाे  राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.