युनिसेफको आर्थिक सहयोगमा खानेपानी सरसफाई कार्यशाला गोष्ठी सम्पन्न

रिपोर्ट नेपाल | 2022 Mar 22 | 04:30 pm 2173

  • महेश सिंह

सिरहा चैत ८ः जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता अभियान कार्यक्रमका साथै कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सिरहाको ३ स्थानीय तहमा पालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना बिकास कार्यक्रम संचालनमा रहेको छ। युनिसेफको आर्थिक सहयोगमा पछिल्लो समय प्रदेश नम्बर २ का २० वटा पालिकामा कार्यक्रम संचालनमा रहेको वास विज्ञ होमनाथ आचार्यले बताए।

No description available.

हाल मधेस प्रदेशको ३० वाटा पालिकाहरुमा कार्यक्रम संचालनमा रहेको सुचना ब्यवस्थापन विज्ञ अनुजा न्यौपानेले जानाए। सिरहाको १७ वटा स्थानीय तह मध्ये ३ स्थानीय तह लक्ष्मीपुर पतारी गाउँपालिका, सखुवानान्कारकट्टी गाउँपालिका र नरहा गाउँपालिकामा कार्यक्रम संचालनमा रहेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामवलब साह उपाध्यक्ष अशा देबी यादव, प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामा, लेखा प्रमुख नरेश कामती, आयुर्वेद शाखा प्रमुख धनिक लाल यादव, शिक्षा शाखा प्रमुख रामवालक पासमन लगायत पालिका भरीका जनप्रतिनिधि र शाखा प्रमुखहरुको कार्यक्रममा सहभागिता रहेको खानेपानी तथा सरसफाई कार्यक्रम अधिकृत अन्नपुर्णा मिश्राले जानकारी दिइन्।

उक्त कार्यक्रममा आर्थिक सहयोग युनिसेफ नेपालको रहेको छ, भने प्राविधिक सहयोग छाँया नेपाल लगायतका संस्थाको रहेको छ । उक्त कार्यक्रमको सहजीकरण तथा नेतृत्व लक्ष्मीपुर पतारी गाउँपालिकाको रहने आयोजक संस्थाले जनाए।

संस्थाको मुख्य उद्देश्य भनेको एक घर एक धारा र सफा स्वच्छ गाउँ, बस्ती बनाउने योजना रहेको छ। सोही क्रममा सुरक्षित गाउँ बस्ती निर्माण गर्न संयुक्त वडा तथा पालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता तथ्यांक सार्वजनिकीकरण प्रमाणिकरण तथा योजना प्राथमिकीकरण र बजेट तर्जुमा सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.