बुटवल, साउन २० : भैरहवास्थित युनिभर्सल मेडिकल साइन्स कलेज तनावग्रस्त भएको छ । उपचारका क्रममा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत महावेद शाहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।
जनकपुरका २२ वर्षीय शाहको उपचारका क्रममा मुत्यु भएपछि विद्यार्थीहरुले अस्पताल तोडफोड गरेका छन् । उनीहरुले अस्पतालको आइसियु कक्षमा टोडफोड गरेका छन् । उत्तेजित विद्यार्थीहरुले समाचार संकलन गर्न गएका पत्रकारको क्यामेरा समेत तोडफोड गरेका छन् ।
आईसीयूमा उपचारको क्रममा उनका आइतबार निधन भएपछि उपचारमा लापरवाही भएको आरोप लगाउँदै विद्यार्थीहरु आन्दोलित भएका थिए ।