युगललाई बचाउन वडा अध्यक्ष भलामीको आग्रह

रिपोर्ट नेपाल | 2020 Mar 05 | 08:03 am 4118

गुुल्मी, फागुन २२: रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष भरत भलामीले दुबै मिर्गौला फेल भएर जीवन मरणको दोसाँधमा रहेका ३८ वर्षीय युगल भुजेललाई सहयोग गर्न वडा वासी समक्ष अपील गरेका छन् ।

वडा अध्यक्ष भलामीले आर्थिक स्थिति कमजोर भएका कारणले युगलको उपचार पाएनन् भने हामी सबैलाई उनले गरेको अनुनय विनयको श्राप लाग्ने बताएका छन् ।

थोपा थोपा मिलेर नदी बन्न सक्छ भने कहावतलाई स्मरण गर्दै युगलको मिर्गौला प्रत्यारोपणका लागि आफू सक्दो सहयोग गर्न वडा अध्यक्ष भलामीले आग्रह गरेका छन् ।

त्यसैगरी युगललाई जीवन दान दिनका लागि युगल बचाउ अभियान नामक संस्था बनाएर रकम संकलन गर्न थालिएको छ ।

युवा समाजसेवी राजु पाण्डेको संयोजकत्वमा गठित समितिले पनि सहयोगका लागि आग्रह गरेको छ । बचाउ अभियानका संयोजक पाण्डेले आफ्नो सानो सहयोगले कसैको जीवन रक्षा हुन्छ भने त्यो महायज्ञ गरेभन्दा बढी धर्म हुने बताएका छन् ।

युगल बचाउ अभियान मार्फत सहयोग गर्ने दाताको नाम रिपोर्ट नेपाल डटकमबाट प्रकाशन गरिने भएको छ ।

सहयोग गर्न चाहाने दाताले संयोजक राजु पाण्डेको मोबाइल नम्बर ९८५७०६७०६९ मा सम्पर्क गर्न सकिने अभियानले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.