युक्रेनले २०२३ मा ४ करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने

रिपोर्ट नेपाल | 2023 Mar 26 | 07:43 am 1801

किभ, चैत १२: युक्रेनले सन् २०२३ मा ४ करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने बताएको छ। युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले यो बर्ष युक्रेनले चार करोड ५० लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका हुन्।

‘युक्रेनलाई आवश्यक खाद्यान्न अघिल्लो वर्षजस्तै यस वर्ष पनि पूर्ण रूपमा उपलब्ध गराइनेछ,’ इश्मिहाललाई उद्धृत गर्दै सरकारी प्रेस सेवाले जनाएको छ।

‘युक्रेनको गहुँ बाली लगभग ६० लाख टनको घरेलू खपतको साथ यस वर्ष एक करोड ६० लाख ६० हजार टन अनुमान गरिएको छ,’ उनले भने।

युक्रेनी सरकारले किसानहरूलाई जारी वसन्त ऋतुको रोपाइँ अभियानलाई सुचारु रूपमा सञ्चालन गर्न मद्दत गरिरहेको उनले बताए।

युक्रेनको कृषि मन्त्रालयका अनुसार गत वर्ष युक्रेनका किसानले पाँच करोड ३९ लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गरेका थिए। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.