युक्रेनका राष्ट्रपतिद्वारा जर्मनी र फ्रान्सका नेतासँग फोनवार्ता

| 2022 May 18 | 12:41 pm 1853

किभ, जेठ ४ः युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले जर्मन र फ्रान्सका नेताहरुसँग फोनवार्ता गरेकाे युक्रेनका राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ । मङ्गलबार उनले जर्मन चान्सलर ओलफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोसँग फोनवार्ता गरेका हुन् ।

सो फोनमा उनले पछिल्लो समयमा युक्रेनको अवस्थाका बारेमा कुराकानी गरेका थिए । उनले सो अवसरमा रुसमाथि थप नाकाबन्दी लगाउनका लागि जर्मनी र फ्रान्सका नेताहरु समक्ष आग्रह पनि गरेका थिए । जर्मन र फ्रान्सेली नेताहरुले युक्रेनका राष्ट्रपति जेलिन्स्किीलाई रुसमाथिको थप नाकाबन्दीका बारेमा आफूहरुले सोचिरहेको र थप नाकाबन्दी लगाउने बताएका थिए ।

साथै उनीहरुले युक्रेनलाई थप सहयोगका लागि पनि आस्वासन दिएको प्राप्त समाचारमा जनाइएको छ । रुसले युक्रेनमा गरेको सैन्य हमलापछि हाल युक्रेन द्वन्दमा परेको छ । यहाँका नागरिकलाई थप मानवीय सहयताका साथै रुसका विरुद्धमा चाल्नुपर्ने कदमका बारेमा उहाँहरुका बीचका कुराकानी भएको बताइएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.